पोखरा रंगशालामा मोवाईल चोरी गरेको आरोपमा स्याङ्जाका गुरुङ पक्राउ

पाेखरा | फागुन १२, २०८१

पोखरा रंगशालामा मोवाईल चोरी गरेको आरोपमा स्याङ्जाका गुरुङ पक्राउ

पोखरा:  जिल्ला प्रहरी कार्यालय कार्यालय कास्कीले मोवाईल चोरी गरेको आरोपमा स्याङ्जाका २३ वर्षीय प्रेम गुरुङलाई पक्राउ गरेको छ । 


मोवाईल चोरी गरेको आरोपमा जिल्ला प्रहरी कार्यालय स्याङ्जाको समन्वयमा गुरुङलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी नायव उपरीक्षक बसन्त कुमार शर्माले जानकारी दिए । 


‘फागुन ६ गते पोखरा रंगशालामा फुटसल खेल्नका लागि चेन्जिङ रुपमा कपडा चेन्ज गरी राखेको अवस्था चेन्जिङ रुमबाट आइफोनसहित विभिन्न कम्पनीका मोवाईल तथा नगद चोरी भएको जाहेरी आएको थियो’, शर्माले भने, ‘जाहेरीको आधारमा अनुसन्धान गर्दै जाँदा स्याङ्जा घर भएका प्रेम गुरुङलाई चोरी भएको मोवाईलसहित जिल्ला प्रहरी कार्यालय स्याङ्जाको समन्वयमा हिजो गरी म्याद थप गरेर अनुसन्धान अगाडि बढाएका छौं ।’


प्रहरी नायव उपरीक्षक शर्माका अनुसार गुरुङको घरकोठा खानतलासी गर्दा चोरी भएका विभिन्न कम्पनीका १५ वटा मोवाईल, ४ वटा चार्जर र २ वटा ड्रोन बरामद गरिएको छ । 

प्रहरीले बरामद गरेको मोवाईल । फोटोः कास्की प्रहरी


पक्राउ परेका उनलाई जिल्ला अदालत कास्कीबाट चोरी तथा डाँका सम्बन्धी मुद्धामा ७ दिनको म्याद थप गरी अनुसन्धान अगाडि बढाएको कास्की प्रहरीले जनाएको छ । 
 

निर्वाचन आयोगबाट समानुपातिक निर्वाचन प्रणालीतर्फको २ करोड ८ लाख ३० हजार मतपत्र र मतदाता शिक्षा प्रयोजनका लागि १० लाख ९८ हजार दुई सय थान नमुना मतपत्र छपाइ सम्पन्न भइसकेको आयोगले जनाएको छ ।    ...

थप पढ्नुहोस्

काठमाडौँ:    निर्वाचन आयोगले निर्वाचनलक्षित मिथ्या सूचना, भ्रामक प्रचार र घृणाजन्य अभिव्यक्तिमा निगरानी बढाएको छ ।    आयोगले निर्वाचनसँग सम्बन्धित त्यस्ता सूचना सङ्कलन, विश्लेषण र नियामक ...

थप पढ्नुहोस्

काठमाडौँ:  चारदिने औपचारिक भ्रमणका क्रममा राष्ट्रपति रामचन्द्र पौडेल आज जापान पुगेका छन् ।   उनलाई नारिता अन्तर्राष्ट्रिय विमानस्थलमा जापानको विदेश मन्त्रालयका प्रमुख शिष्टाचार महापाल, नेपालका...

थप पढ्नुहोस्